लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ « Khabarhub

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएका हातहतियारसहित उनीहरुको साथबाट हतियार र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ स्थित लायकु बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरिएको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल र ३६ राउण्ड गोली बरामद गरिएको छ ।

त्यसैगरी हातहतियारको ७३० राउण्ड गोलीसहित सोही वडाकै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालक पक्राउ परेका छन् ।

गोलीसहित पक्राउपर्नेमा काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, धुलिखेल नपा–१ का रमेश तामाङलाई पनि पक्राउ गरेको जनाएको छ । उनले इलाका प्रहरी कार्यालय बनेपाबाट लुटपाट गरी हतियार लगेर प्रदर्शन गर्दै टिकटकसमेत बनाएको आरोप छ ।

लुटिएको हतियार तथा गोलीसहित पक्राउबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । यसैगरी यस अवधिमा विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ९ : ४९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने