आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। दाम्पत्य जीवनमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। स्पष्ट बोल्नु उचित हुन्छ। दीर्घकालीन योजना बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने देखिन्छ।

मिथुन : दिन सामान्य छ। यात्रामा भए खर्च बढ्नेछ। दिन अनावश्यक खर्चमा बितेको अनुभव हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुने योग छ। बन्धुको साथ मिल्नेछ।

सिंह : दिन सामान्य छ। आम्दानी बढे पनि स्वास्थ्यमा भने समस्या हुनेछ। परिवारलाई समय दिन नसक्दा विरोधको सामना गर्नुपर्ने हुनसक्छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कन्या : दिन सामान्य छ। आफ्नो कामले खुशी लुटिने जोखिम छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढे पनि नतिजा आफ्नो पक्षमा प्राप्त नहुन सक्छ । शिक्षामा लगानी गरेको भए घाटा हुनेछ। स्वास्थ्यमा समस्या होला। प्रेम सम्बन्ध सुमधुरमा खटपटी बढ्नेछ ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा परिवारमा मेलमिलाप हुनेछ। दक्षिणको एकल यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले नाफा हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। अभिभावकसँगको भेटले मन शान्त बन्नेछ। भाग्यको स्थानमा शुभग्रह भएकाले अग्रजको सल्लाह लिएर काम गर्नुपर्ने देखिन्छ।

धनु : दिन सामान्य छ। जग्गा सम्बन्धी कारोबारबाट घाटा हुने देखिन्छ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय छन्। आफन्तको भन्दा बाहिरका साथीको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने योग छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पढाइमा हिम्मत गर्नु उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : दिन राम्रो छ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा समस्या हुँदा स्वास्थ्य बिग्रने खतरा छ। शिक्षामा प्रगति हुनेछ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। राजनीतिमा भने सेवाको अवसर मिल्नेछ।

मीन : दिन राम्रो छ। आम्दानी बढ्ने योग छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ५ : १५ बजे

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय

पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको

एमाले महाधिवेशन : दिउँसो चार बजेपछि विद्युतीय मतदान, कहिले आउँछ परिणाम ?

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा