ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो « Khabarhub

आइतबार होटल व्यवस्थापनसँग सरकारले छलफल गर्ने

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताएकी छन्।

जेनजी आन्दोलनपछि अस्थायी रूपमा बन्द गरिएको होटलका विषयमा चासो राख्दै प्रधानमन्त्री कार्कीले सुरक्षाको प्रत्याभूति सरकारले दिलाउने बताएकी हुन्।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरेर जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

‘ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गर्नुभएको छ’, ‘त्यस सम्बन्धमा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गर्नुभएको छ।’

होटलका सरोकारवालासँगको छलफलमा खनालले भनेका छन, ‘तपाईंहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरेर सञ्चालनका लागि आवश्यक पहल गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १० : १६ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित