काठमाडौंका आठ स्थानमा छठ मनाइने « Khabarhub

काठमाडौंका आठ स्थानमा छठ मनाइने


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ ।
 
शनिबार काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलन गर्दै हरेक वर्ष झैं यस वर्ष पनि उपत्यकामा भव्य रुपमा छठ पर्व मनाउने बिभिन्न आठ स्थानमा व्यवस्थापन गरिएको जानकारी दिएको हो ।

कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खु कुमारी क्लबको अगाडी, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटमा छठका लागि आवश्यक व्यवस्थापन गरिएको उनले बताए ।

उनले उक्त स्थानमा केहिदिनदेखि सरसफाइ गरिरहेको र कुनै किसिमको समस्या भए महानगरमा सम्पर्क गर्न आग्रह गरे ।

छठ पर्व मनाउने स्थानमा सवारी साधन पार्किङ नगर्न आग्रह गर्दै उनले उक्त स्थानहरूमा साँढे तीन सयको संख्यामा सरसफाइ कर्मचारीका साथै महानगर प्रहरी परिचालन गरिएको जानकारी दिए ।  

तराईमा मनाइने छठ पर्व अहिले हिमाल र पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइने गरिन्छ । 

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  २ : ०८ बजे

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको