छठको लागि सिँगारिए जनकपुरधामका जलाशय (तस्बिरहरु) « Khabarhub

छठको लागि सिँगारिए जनकपुरधामका जलाशय (तस्बिरहरु)


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन् । आज देखि औपचारिक रूपमा सुरु भएको छठ पर्वका तयारी स्वरूप जनकपुरधामका पोखरीहरू सिँगारिएका हुन् । छठका लागि जनकपुरधामका गंगासागर, अरगजा सागर, दशरथ तलाव, अग्निकुण्ड, धनुषसागर, मटकोरवा पोखरीलगायतका पोखरी तथा जलाशयहरूमा पण्डाल र विद्युतीकरण गरेर सिँगारिएको छ ।

गंगासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा व्यवस्थित रूपमा घाट सिँगारिएको बताए । उनका अनुसार हरेक वर्ष श्रद्धालुहरूले अर्घका सामग्री घरबाट लिएर आउने गर्छन् र सम्बन्धित घाटमा सजावटको काम गरिन्छ । गंगासागर घाटमा अहिले पण्डाल राख्ने काम भइरहेको छ भने झिलिमिली बत्तीको काम बाँकी रहेको छ । गंगासागरमा तीनवटा समितिले सजावटको काम गर्ने गरेका छन् ।

चार दिनसम्म मनाइने छठ पर्व आज देखि औपचारिक रूपमा सुरु भएको छ । चार दिन लामो यस पर्वमा व्रतालुहरूले दुई दिनसम्म अन्न पानीबिना उपवास बस्नुपर्छ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाय’ हुन्छ । दोस्रो दिन आइतबार दिनभर उपवास रही राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने गरिन्छ । यस विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै, तेस्रो दिन सोमबार मूल दिन मानिन्छ, जसमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाँडी, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्री स्वच्छ र पवित्र रूपमा व्यवस्था गरिन्छ ।

साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । चौथो दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरिन्छ । छठ पर्वको अवसरमा संघ सरकारले पर्वको मुख्य दिन सार्वजनिक बिदा दिएको छ भने मधेस प्रदेश सरकारले त्यसको भोलिपल्ट अर्थात् चौथो दिन प्रदेशभर बिदा दिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ४ : ५१ बजे

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान