एनपीएल-२ : सबैभन्दा बढी विकेट सन्दीपको नाममा, रन जोड्ने मार्क वाट « Khabarhub

एनपीएल-२ : सबैभन्दा बढी विकेट सन्दीपको नाममा, रन जोड्ने मार्क वाट


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को १० खेल पूरा भएको छ । खेल यहाँसम्म आइपुग्दा यस सिजनमा सबैभन्दा बढी विकेट लिने बलर विराटनगर बोल्ट्सका कप्तान सन्दीप लामिछाने बनेका छन् ।

सिजनको ९ औं खेलमा जनकपुर बोल्टसको ४ विकेट लिएका थिए । यही खेलबाट जारी सिजनमा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा सन्दीप पुगेका हुन् ।

सिजनमा जम्मा तीन खेल खेलेको विराटनगरको तर्फबाट सन्दीपले शतप्रतिशत तीन इनिङमा बलिङ गरेका छन् । उनी ७ विकेटसहित शीर्ष स्थानमा छन् ।

दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका हर्मित सिंह छन् । तीन इनिङमा ६ विकेटका साथमा उनी दोस्रो स्थानमा छन् ।

६ विकेट नै लिएका कर्णाली याक्सका कप्तान सोमपाल कामी बलिङ एभरेजका कारण तेस्रो छन् ।

ब्याटिङमा मार्कको दबदबा

जारी सिजनमा एक मात्रै शतक प्रहार गर्ने खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । उनले लुम्बिनीविरुद्ध अविजित ११४ रन जोडेका थिए ।

मार्क नै जारी सिजनमा सबैभन्दा बढी रन जोड्ने ब्याटर हुन् । तीन इनिङमा १४७ रन जोडेर उनी सर्वाधिक रन जोड्ने ब्याटर बनेका हुन् ।

दोस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा छन् । चितवनको शतप्रतिशत खेलमा ब्याटिङ गरेका उनले २ इनिङमै अर्धशतक प्रहार गरेका छन् । जारी सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर उनी नै हुन् ।

सबैभन्दा बढी रन हान्ने ब्याटरको सूचीको दोस्रो स्थानमा रहेका बोपाराले दुई इनिङ ब्याटिङ ११८ रन जोडेका छन् ।

विराटनगर बोल्ट्सका ओपनर लोकश बम सूचीको तेस्रो स्थानमा छन् । तीन इनिङ ब्याटिङ गरेका बमले ११४ रन जोडेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  २ : ५८ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको