एनपीएल-२ : सबैभन्दा बढी विकेट सन्दीपको नाममा, रन जोड्ने मार्क वाट « Khabarhub

एनपीएल-२ : सबैभन्दा बढी विकेट सन्दीपको नाममा, रन जोड्ने मार्क वाट


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को १० खेल पूरा भएको छ । खेल यहाँसम्म आइपुग्दा यस सिजनमा सबैभन्दा बढी विकेट लिने बलर विराटनगर बोल्ट्सका कप्तान सन्दीप लामिछाने बनेका छन् ।

सिजनको ९ औं खेलमा जनकपुर बोल्टसको ४ विकेट लिएका थिए । यही खेलबाट जारी सिजनमा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा सन्दीप पुगेका हुन् ।

सिजनमा जम्मा तीन खेल खेलेको विराटनगरको तर्फबाट सन्दीपले शतप्रतिशत तीन इनिङमा बलिङ गरेका छन् । उनी ७ विकेटसहित शीर्ष स्थानमा छन् ।

दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका हर्मित सिंह छन् । तीन इनिङमा ६ विकेटका साथमा उनी दोस्रो स्थानमा छन् ।

६ विकेट नै लिएका कर्णाली याक्सका कप्तान सोमपाल कामी बलिङ एभरेजका कारण तेस्रो छन् ।

ब्याटिङमा मार्कको दबदबा

जारी सिजनमा एक मात्रै शतक प्रहार गर्ने खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । उनले लुम्बिनीविरुद्ध अविजित ११४ रन जोडेका थिए ।

मार्क नै जारी सिजनमा सबैभन्दा बढी रन जोड्ने ब्याटर हुन् । तीन इनिङमा १४७ रन जोडेर उनी सर्वाधिक रन जोड्ने ब्याटर बनेका हुन् ।

दोस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा छन् । चितवनको शतप्रतिशत खेलमा ब्याटिङ गरेका उनले २ इनिङमै अर्धशतक प्रहार गरेका छन् । जारी सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर उनी नै हुन् ।

सबैभन्दा बढी रन हान्ने ब्याटरको सूचीको दोस्रो स्थानमा रहेका बोपाराले दुई इनिङ ब्याटिङ ११८ रन जोडेका छन् ।

विराटनगर बोल्ट्सका ओपनर लोकश बम सूचीको तेस्रो स्थानमा छन् । तीन इनिङ ब्याटिङ गरेका बमले ११४ रन जोडेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  २ : ५८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको