गगनलाई कल्याणको जवाफ : विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन « Khabarhub

गगनलाई कल्याणको जवाफ : विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगनकुमार थापालाई काउन्टर जवाफ फर्काएका छन् ।

महामन्त्री थापाले सोमबार अब कांग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा होमिने बताएका थिए । कांग्रेसले आगामी चुनावमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षरको टिकट बाँड्न लागेपछि गगनले आक्रोश पोखेका थिए ।

गगनको उक्त अभिव्यक्तिलाई लिएर कल्णाले अब विशेष महाधिवेशनमा अल्मलिन नसकिने बताएका छन् । गगनले सभापति देउवाको हस्ताक्षर लिएर कांग्रेस चुनावमा नजाने बताएपछि कल्याण काउन्टरमा उत्रिएका हुन् ।

विशेष महाधिवेशनबाट नयाँ सभापति बनाएर उनकै हस्ताक्षरसहित कांग्रेसले आयोगमा पठाएको निर्णय सच्च्याउने गगनको मतप्रति कल्याणले असहमति जनाउँदै धारणा सार्वजनिक गरेका हुन् । उनले वर्तमान सभापति देउवाकै हस्ताक्षरमा कांग्रेस चुनावमा जाने दाबी गरेका छन् ।

गुरुङले कुरा स्पष्ट रहेको भन्दै विशेष महाधिवेशन फागुन २१ को चुनावअगाडि नहुने बताएका छन् ।

के भने कल्याणले ?

साथीहरूले फोन गरेर सोध्नु हुन्छ : के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?

मैले भने : बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।

एक, केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म विशेष महाधिवेशन र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन ।

दुई, पार्टीको विधानको धारा १७(२) मा लेखिए पनि यसको नियमावली र कार्यविधि बनिसकेको छैन ।

तीन, हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण भइसकेको छैन ।

चार, विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७(२) मा कहीँकतै लेखिएको छैन ।

पाँच, विधानको धारा १७(२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन ।

विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई उहाँको राजीनामा स्वीकृत भइसकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।

विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ ।
उहाँहरूले फेरि सोध्नु भयो – अब के हुन्छ ?

मैले फेरि भनेँ – विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण पनि भइसकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रुपमा पनि आएको छैन ।

यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन । साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ ।

पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पुर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ ।

पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ ।

यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम देखिन्छ ।

यसर्थ, ढुक्क हुनुहोस्, वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ ।

पार्टीलाई अझै बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नका लागि विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन । कुरो सुस्पष्ट छ ।

आफैँ विचार गर्नु होला । भ्रममा नपर्नु होला । किमधिकम् । जय नेपाल !

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १ : ५८ बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी