कांग्रेसमा अर्को किचलो, गगन भन्छन् : विशेष महाधिवेशनबाट नयाँ सभापति ल्याएर चुनावमा जान्छौँ « Khabarhub

कांग्रेसमा अर्को किचलो, गगन भन्छन् : विशेष महाधिवेशनबाट नयाँ सभापति ल्याएर चुनावमा जान्छौँ


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रियसभा र फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गरेको कुराले नयाँ विवाद सुरू गरेको छ।

आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा दल दर्ता गराउँदा देउवाको हस्ताक्षरलाई आधिकारिक रूपमा पेस गरेपछि नयाँ किचलो देखिएको हो । कांग्रेसले शनिबार मात्रै आगामी दुवै चुनावमा सहभागी हुने निर्णयसहित दल दर्तामा गएको थियो ।

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आक्रमण परेर गम्भीर घाइते भएका देउवा उपचारका लागि सिंगापुर जानुअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक जिम्मेवारी दिएका थिए। तर उनी सिंगापुरबाट फर्किएसँगै पार्टीमा सक्रिय भएका छन् ।

देउवा उपचारमा रहेकै बेलादेखि महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाले पुरानै नेतृत्वमा चुनावमा जान नमिल्ने अडान लिइरहेका छन् । उनीहरूको नेतृत्वमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको ज्ञापनपत्र सानेपामा दर्ता भएको अवस्था छ ।

यस्तोमा माघ ११ मा हुने राष्ट्रियसभा चुनावका लागि दल दर्ताको अन्तिम दिन कांग्रेस निर्वाचन आयोगमा पुगेको थियो । जहाँ फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि पनि कांग्रेसले दल दर्ता गराएको छ। फागुनको चुनावका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न पाइने भए पनि कांग्रेसले पहिले नै आफूलाई तयारी हालतमा राखेको हो ।

तर यही विषयलाई लिएर महामन्त्री गगनकुमार थापाले देउवाको नेतृत्व अस्वीकार गरेका हुन् । उनले देउवाको नेतृत्वमा चुनावमा जान नसकिने बताउँदै विशेष महाधिवेशनबाट नयाँ नेता चयन गरिने उल्लेख गरेका छन् ।

‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?’ भन्ने धेरैको प्रश्नमा मैले ‘होइन’ भन्ने जवाफ दिइरहेको छु’, उनले भनेका छन्, ‘अब विधानअनुसार नै विशेष महाधिवेशन गरेर कांग्रेसमा नयाँ नेतृत्व आउँछ, त्यही नेतृत्वले आगामी चुनावमा प्रतिस्पर्धा गर्न कांग्रेसलाई उतार्छ ।’

अब विधानअनुसार समयमै विशेष महाधिवेशन गरेर त्यहीँबाट नयाँ सभापति चुनिने बताएका छन् । ‘अहिलेको नेतृत्व लिएर चुनावमा जान सकिँदैन । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्याएर कांग्रेस आयोगमा जानेछ’, उनले भने, ‘नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमै पार्टीले चुनाव लड्छ ।’

थापाले विशेष महाधिवेशन अब अनिवार्य भइसकेको स्पष्ट पार्दै कार्यकर्ताहरूलाई कुनै किसिमको अलमलमा नपर्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : १३ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको