प्रधानमन्त्रीलाई मिराजको चेतावनी : जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट सरकारलाई छैन « Khabarhub

प्रधानमन्त्रीलाई मिराजको चेतावनी : जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट सरकारलाई छैन


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका जेन-जी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई प्रहरीले दक्षिण गेटमा रोकेर लखेटेको हो ।

आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको हो ।

त्यसपछि उनीहरू हनुमानस्थाननजिक धर्नामा बसे । त्यस क्रममा जेन-जी अभियान्ता मिराज ढुंगानाले प्रधानमन्त्री कार्कीसँग भेट्न पटक पटक समय माग्दा पनि नपाएपछि आफूहरू पस्न खोजेको बताए ।

जेन-जी युवाहरूको मागलाई बेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रित भएकोबारे आफूहरूले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उनले बताए ।

उनले युवाहरूलाई स्वदेशमै गरिखान दिने वातावरण बनाउनुपर्ने र यसका लागि स्थिर सरकार आवश्यक रहेको धारणा राखे ।

उनले प्रधानमन्त्रीलाई जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट नभएको चेतावनी पनि दिए ।

उनले अबको निर्वाचनमा सरकारले पुरानै राजनीतिक दलहरूलाई प्राथमिकता दिन खोजेको बताए । यदि पुरानै दलहरू फेरि फर्किए आफूहरूको माग पूरा हुन नसक्नेतर्फ उनले सरकारलाई सचेत पनि गराएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  २ : ५२ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा