काठमाडौंका दुवै ओपनर लुम्बिनीका शेरको सिकार, गुम्यो ३ विकेट « Khabarhub

काठमाडौंका दुवै ओपनर लुम्बिनीका शेरको सिकार, गुम्यो ३ विकेट


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं गोर्खाजले तीन विकेट गुमाएको छ । 
 
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले १० ओभरको चौथो बलमा तेस्रो विकेटका रुपमा आपेनर आकाश त्रिपाठी आउट भएका हुन् ।

आकाशले ३६ बल खर्चेर ३२ रन जोडे । उनले चार चौका प्रहार गरे । आशका लुम्बिनीका शेर मल्लको बलमा डी आर्सी सर्टमार्फत् क्याच आउट भएका हुन् ।

अर्का ओपनर ओपनर बेन बेन चार्ल्सवर्थ भने सेरकै बलमा बोल्ट भएका थिए । बेनले पहिलो विकेटका रुपमा रनको खाता नखोली दोस्रो ओभरको पहिलो बलमा आउट भएका हुन् ।

चार ओभरको तेस्रो बलमा दोस्रो विकेटकारुपमा ब्याटर रसिद खान आउट भएका हुन् । १० बलमा २ चौकाको सहयोगमा १४ रन जोडेका रसिदलाई चितवनका रुबेन ट्रम्पेलम्यानले आउट गराएका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : ५५ बजे

एमाले छाडेका दुलाल बने नेकपाको केन्द्रीय समिति सदस्य

काठमाडौं- नेकपा एमाले छाडेका नेता भरतप्रसाद दुलाल कात्तिक १९ गते

गौरीगञ्ज इलाका प्रशासनका तत्कालीन प्रमुख आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुरुङ्गा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

बाबुरामदेखि जनार्दनसम्म : राजनीतिक जीवनको उत्तरार्द्धमा किन छोडे कम्युनिस्ट विचार ?

काठमाडौं– वर्तमान संविधान घोषणापछि २०७२ असोज ९ गते डा. बाबुराम

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका