काठमाडौंका २ ब्याटर सस्तैमा आउट, लुम्बिनीले गुमायो दुई विकेट « Khabarhub

काठमाडौंका २ ब्याटर सस्तैमा आउट, लुम्बिनीले गुमायो दुई विकेट


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं गोर्खाजले सस्तैमा दुई ब्याटर गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले चार ओभरको तेस्रो बलमा ब्याटर रसिद खानलाई गुमाएको हो ।

१० बलमा २ चौकाको सहयोगमा १४ रन जोडेका रसिदलाई चितवनका रुबेन ट्रम्पेलम्यानले आउट गराएका हुन् ।

ओपनर बेन चार्ल्सवर्थ भने शेर मल्लको बलमा दोस्रो ओभरको पहिलो बलमा आउट भएका हुन् । उनले एक बल सामना गर्दा रनको खाता पनि खोल्न सकेनन् । खेल पाँच ओभरमा पुग्दा काठमाडौं २ विकेटको क्षतिमा ३१ रनको सामान्य अवस्थामा छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : २७ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको