लुम्बिनीले लगालग विकेट लिएपछि काठमाडौंको ब्याटिङ संकटतिर, बाहिरिए ५ ब्याटर « Khabarhub

लुम्बिनीले लगालग विकेट लिएपछि काठमाडौंको ब्याटिङ संकटतिर, बाहिरिए ५ ब्याटर


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले लगागल विकेट गुमाएपछि ब्याटिङ संकटतिर धकेलिएको छ ।

११ ओभरको अन्तिम बलमा ७३ रनको दयनीय अवस्थामा काठमाडौंले पाँच महत्त्वपूर्ण ब्याटरलाई गुमाएको हो ।

११ ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले २ विकेट लिए । उक्त ओभरको दोस्रो बलमा जोन सिम्पसन र अन्तिम बलमा मिलिन्द कुमारलाई रोहितले आउट गराएका हुन् ।

मिलिन्दले २० बलमा १७ रन जोडे भने जोनले ७ रन जोडेर आउट भए ।

खेल १३ ओभरमा पुग्दा काठमाडौं पाँच विकेटको क्षतिमा ८५ रनको दयनीय अवस्थामा छ ।

यो टिमको रन उकास्न क्रिजमा टिकेर आक्रामक ब्याटिङ गर्ने खेलाडीको आवश्यक छ । 

काठमाडौंका ओपनद्वय आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ लुम्बिनीका शेर मल्लको सिकार भए । दोस्रो ओभरको पहिलो बलमा बेन आउट भएका हुन् । उनले रनको खाता पनि खोल्न सकेनन् । 

आकाशले ३६ बलमा ३ चौका प्रहार गर्दै ३२ रन जोडे । यस इनिङमा अहिलेको अवस्थामा सबैभन्दा बढी रन बनाउने पनि उनै हुन् । 

चार ओभरको तेस्रो बलमा दोस्रो विकेटकारूपमा ब्याटर रसिद खान आउट भएका हुन् । १० बलमा २ चौकाको सहयोगमा १४ रन जोडेका रसिदलाई चितवनका रुबेन ट्रम्पेलम्यानले आउट गराएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ०० बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा