ईश्वर पोखरेलको घोषणाका मुख्य १० कुरा : कार्यकारी पदमा दुई कार्यकाल फर्काउने, ओलीलाई बिदा गर्ने « Khabarhub

ईश्वर पोखरेलको घोषणाका मुख्य १० कुरा : कार्यकारी पदमा दुई कार्यकाल फर्काउने, ओलीलाई बिदा गर्ने


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर २७ देखि काठमाडौंमा हुने ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

पञ्चायतकालदेखिको लामो राजनीतिक अनुभव, संघर्ष र योगदान गरेका उनले नेतृत्व हस्तान्तरण र संगठन सुधारको आवश्यकता देखाउँदै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

उनले आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गराएरै छाड्ने प्रतिबद्धता जनाएका हुन्।

पोखरेलले भण्डारीलाई सदस्यताबाट बञ्चित गर्नु पार्टीका लागि राजनीतिक रूपमा हानिकारक भएको पनि बताएका छन् ।

पोखरेलले पार्टीलाई पुनःएकताबद्ध पार्ने, आन्तरिक लोकतन्त्र बलियो बनाउने र नेतृत्व हस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्ने दिशामा आफूलाई केन्द्रित गरेका छन् । उनले महाधिवेशनका लागि विस्तृत राजनीतिक दस्तावेज चाँडै सार्वजनिक गर्ने पनि बताएका छन् ।

पोखरेलको घोषणाका मुख्य १० बुँदा

विद्या भण्डारीलाई पार्टी सदस्यता : पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा आउनबाट बञ्चित गर्नु गलत भएको भन्दै सदस्यता दिलाएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

अध्यक्षमा दुई कार्यकालको सीमा : अध्यक्ष केपी शर्मा ओली खारेज गरेको नेतृत्व सीमाको प्रावधानलाई विधानमा पुनःस्थापित गर्नुपर्ने अडान उनले लिएका छन् । पोखरेलले पार्टीको कार्यकारी पदमा दुई कार्यकालको सीमाले नेतृत्व हस्तान्तरण सहज बनाउने बताएका छन्।

आन्तरिक लोकतन्त्र र पारदर्शिता : पोखरेलले पार्टीमा अनुशासन, लेखापरीक्षण, वित्तीय पारदर्शिता र निर्णय–कार्यन्वयनमा कडाइ हुने व्यवस्था लागू गर्नुपर्ने उल्लेख गरेका छन् ।

युवा, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम र अल्पसंख्यकको उच्च सहभागिता : पार्टी र जनसंगठनका सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन गर्नुपर्ने मत पनि उनले राखेका छन् ।

जेन–जी आन्दोलनको हिंसा र विध्वंशको छानबिन : वरिष्ठ उपाध्यक्ष पोखरेले गत भदौ २३ गते जेन-जीहरूले गरेको शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्ने बताए । तर आन्दोलनमा भएको घुसपैठ र भदौ २४ गते भएको तोडफोड, आगजनी र विध्वंशबारे निष्पक्ष छानबिन गर्नुपर्ने पोखरेलले माग गरेका छन् ।

पार्टी संगठनको पुनर्गठन : जेन-जी आन्दोलनपछि देशमा विकसित नयाँ परिस्थितिअनुसार एमालेको पार्टी संगठनलाई फेरि पुनःसंरचना गर्दै सक्षम नेतृत्व निर्माण गर्ने लक्ष्य पनि उनले राखेका छन् ।

जबज अद्यावधिक गरौँ : पोखरेलले तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई नयाँ सन्दर्भमा सिर्जनात्मक रूपमा लागू गर्न व्यापक बहस र अध्ययन अघि बढाउने घोषणा गरेका छन्।

जनसंगठनलाई गुटमुक्त गर्ने योजना : पार्टी नेताहरूको स्वार्थबाट जनसंगठन प्रभावित नहोस भनेर प्रतिस्पर्धामार्फत् नेतृत्व चयनलाई व्यवस्थित र बलियो बनाउने योजना पनि उनले ल्याएका छन्।

निर्वाचन प्रक्रियामा सदस्य र नागरिकको अभिमत महत्वपूर्ण : पार्टीभित्र उम्मेदवार छनोटमा सदस्यको प्रत्यक्ष सहभागिता हुनुपर्ने मत उनले ल्याएका छन् । नागरिकको अभिमत र पारदर्शी मापदण्डलाई प्राथमिकता दिने बचन पनि उनले दिएका छन् ।

अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ : पोखरेलले ११ औँ महाधिवेशनपछि सहज नेतृत्व हस्तान्तरणका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ०४ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका