ईश्वर पोखरेलले भने- विद्या भण्डारीलाई एमालेको सदस्यता दिलाएरै छाड्छौँ « Khabarhub

ईश्वर पोखरेलले भने- विद्या भण्डारीलाई एमालेको सदस्यता दिलाएरै छाड्छौँ


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको तयारीबीच वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिलाएरै छाड्ने बताएका छन् ।

उनले आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै भण्डारीको सदस्यता नवीकरण गराएरै छाड्ने स्पष्ट प्रतिबद्धता जनाएका हुन्।

सोमबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पोखरेलले भण्डारीलाई सदस्यताबाट बञ्चित गर्नु पार्टीका लागि राजनीतिक रूपमा हानिकारक भएको दाबी गरेका छन् ।

भण्डारीले चार दशकभन्दा बढी समय पार्टी निर्माणमा दिएको योगदानलाई सम्मान गर्नुपर्ने पनि बताएका छन् । ‘अब उहाँलाई पार्टीमा फर्कने वातावरण बनाउनु नेतृत्वको जिम्मेवारी हो’, उनले भने, ‘यसबारेमा पार्टीमा निर्णय गराएरै छाड्ने कुरामा म प्रतिबद्ध छु ।’

पोखरेलले पार्टीलाई वैचारिक रूपमा सुदृढ, संगठनात्मक रूपमा एकताबद्ध र नेतृत्व हस्तान्तरणको संस्कृतिले चलायमान बनाउने लक्ष्य पनि लिएका छन् ।

उनले महाधिवेशनमा अध्यक्षका रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अब केपी शर्मा ओलीसँग भिडन्त हुने भएको छ।

पोखरेलले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको परिस्थितिमा एमालेले संविधान, लोकतन्त्र र संगठन सुदृढीकरणमा निर्णायक भूमिका खेल्नुपर्ने बताएका छन् । एमालेको महाधिवेशन आगामी मंसिर २७–२९ गते काठमाडौं हुँदैछ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : ४८ बजे

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै