लुम्बिनीले गुमायो तेस्रो विकेट  « Khabarhub

लुम्बिनीले गुमायो तेस्रो विकेट 


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा जवाफी ब्याटिङमा उत्रिएका लुम्बिनी लायन्सका तीन ब्याटर आउट भएका छन् । 

तेस्रो विकेटका रुपमा गुलबदिन नैब सस्तैमा आउट भएका हुन् । उनले ६ बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन जोडे । शाहब आलमले उनलाई आउट गराएका हुन् । 

त्यसअघि ओपनर डीआर्सी सर्ट ११ बलमा २२ रन जोडेर आउट भए । ३ चौका र १ छक्का प्रहार गरेका उनलाई मिलिन्दाले ३ ओभरको दोस्रो बलमा दोस्रो विकेटका रुपमा आउट गराएका हुन् । 

अर्का ओपनर सन्दीप जोरा पनि मिलिन्दाकै बलको शिकार भएका हुन् । पहिलो विकेटका रुपमा आउट भएका उनले ५ बलमा १ चौकाको सहयोगमा ७ रन जोडे । 

सन्दीपलाई मिलिन्दाले दोस्रो ओभरको दोस्रो बलमा रसिद खानमार्फत क्याच आउट गराएका हुन् । 

टस जितेको लुम्बिनी १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : २० बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको