लुम्बिनीका कप्तान रोहित पनि सस्तैमा आउट, काठमाडौँले लियो चार विकेट « Khabarhub

लुम्बिनीका कप्तान रोहित पनि सस्तैमा आउट, काठमाडौँले लियो चार विकेट


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा जवाफी ब्याटिङमा उत्रिएका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलल पनि सस्तैमा आउट भएका छन् । 

१६ बलमा ११ रन जोडेका रोहित काठमाडौंका गेरहार्ड इरास्मसको एलबीडब्ल्यू धरापमा परेका हुन् । उनी सात ओभरको पाँचौ बलमा ६४ रनको अवस्थामा आउट भएका हुन् । 

सुरुवाती क्रमका ब्याटरहरु आउट भएपछि लुम्बिनीको ब्याटिङ दबाबमा परेको छ ।

तेस्रो विकेटका रुपमा गुलबदिन नैब सस्तैमा आउट भएका हुन् । उनले ६ बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन जोडे । शाहब आलमले उनलाई आउट गराएका हुन् ।

त्यसअघि ओपनर डीआर्सी सर्ट ११ बलमा २२ रन जोडेर आउट भए । ३ चौका र १ छक्का प्रहार गरेका उनलाई मिलिन्दाले ३ ओभरको दोस्रो बलमा दोस्रो विकेटका रुपमा आउट गराएका हुन् ।

अर्का ओपनर सन्दीप जोरा पनि मिलिन्दाकै बलको शिकार भएका हुन् । पहिलो विकेटका रुपमा आउट भएका उनले ५ बलमा १ चौकाको सहयोगमा ७ रन जोडे ।

सन्दीपलाई मिलिन्दाले दोस्रो ओभरको दोस्रो बलमा रसिद खानमार्फत् क्याच आउट गराएका हुन् ।

टस जितेको लुम्बिनी १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ३३ बजे

एमाले छाडेका दुलाल बने नेकपाको केन्द्रीय समिति सदस्य

काठमाडौं- नेकपा एमाले छाडेका नेता भरतप्रसाद दुलाल कात्तिक १९ गते

गौरीगञ्ज इलाका प्रशासनका तत्कालीन प्रमुख आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुरुङ्गा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

बाबुरामदेखि जनार्दनसम्म : राजनीतिक जीवनको उत्तरार्द्धमा किन छोडे कम्युनिस्ट विचार ?

काठमाडौं– वर्तमान संविधान घोषणापछि २०७२ असोज ९ गते डा. बाबुराम

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका