लगालग विकेट गुमेपछि लुम्बिनी संकटमा  « Khabarhub

लगालग विकेट गुमेपछि लुम्बिनी संकटमा 


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लगालग विकेट गुमेपछि जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्स संकटमा परेको छ ।

खेल १२ ओभरमा पुग्दा लुम्बिनी ७ विकेट गुमाउँदै ७९ रनको दयनीय अवस्थामा छ ।

लुम्बिनीले १० ओभरको चौथो बलमा पाँचौँ विकेटको रुपमा जेजे स्मित आउट भए । सोही ओभरको अन्तिम बलमा सुमित महर्जन आउट भए । ११ ओभरको पाँचौँ बलमा रुबेन ट्रम्पेलम्यान आउट भए । उनीहरु कसैले दोहोरो रन बनाउन सकेनन् । 

त्यसअघि १६ बलमा ११ रन जोडेका रोहित काठमाडौंका गेरहार्ड इरास्मसको एलबीडब्ल्यू धरापमा परेका हुन् । उनी सात ओभरको पाँचौँ बलमा ६४ रनको अवस्थामा आउट भएका हुन् । 

सुरुवाती क्रमका ब्याटरहरु आउट भएपछि लुम्बिनीको ब्याटिङ दबाबमा परेको छ । 

तेस्रो विकेटका रुपमा गुलबदिन नैब सस्तैमा आउट भएका हुन् । उनले ६ बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन जोडे । शाहब आलमले उनलाई आउट गराएका हुन् । 

त्यसअघि ओपनर डीआर्सी सर्ट ११ बलमा २२ रन जोडेर आउट भए । ३ चौका र १ छक्का प्रहार गरेका उनलाई मिलिन्दाले ३ ओभरको दोस्रो बलमा दोस्रो विकेटका रुपमा आउट गराएका हुन् । 

अर्का ओपनर सन्दीप जोरा पनि मिलिन्दाकै बलको शिकार भएका हुन् । पहिलो विकेटका रुपमा आउट भएका उनले ५ बलमा १ चौकाको सहयोगमा ७ रन जोडे । 

सन्दीपलाई मिलिन्दाले दोस्रो ओभरको दोस्रो बलमा रसिद खानमार्फत क्याच आउट गराएका हुन् । 

टस जितेको लुम्बिनी १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ५० बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा