मुख्यमन्त्री कार्कीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग « Khabarhub

मुख्यमन्त्री कार्कीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । 

समाजका संयोजक साहेब अहमद (गुड्डु) नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठन गर्न प्रदेश सरकारसँग माग गरेको हो ।

ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस्था सञ्चालनमा रहेको उल्लेख गर्दै यी संस्थाले मुस्लिम बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आएकाले आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभावमा ती संस्थालाई काम गर्न गाह्रो भएकाले बोर्ड गठन गर्न आवश्यक भएको उल्लेख गरिएको छ ।

संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति–२०७६ ले मदरसा शिक्षालाई मूलधारमा ल्याउने नीति प्रदेश सरकारले अघि सार्नुपर्ने समाजका संयोजक साहेब अहमदले माग गरे। 

ज्ञापनपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायले राखेको माग आफूले गम्भीर रूपमा लिएको र त्यसलाई सम्बोधन गर्नका लागि प्रयास गर्ने बताए । उनले मुलुक बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक भएको चर्चा गर्दै प्रदेश सरकार सबै धर्म संस्कृतिको रक्षा गर्न प्रतिबद्ध भएको उल्लेख गरे ।
 

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : १८ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही