ब्याटिङ नचल्दा काठमाडौंसँग हार्‍यो लुम्बिनी « Khabarhub

ब्याटिङ नचल्दा काठमाडौंसँग हार्‍यो लुम्बिनी


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा ब्याटिङ नचल्दा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग हार बेहोरेको छ । काठमाडौंले लुम्बिनीसँग २२ रनको जितको निकालेको हो ।

टस जितेर काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो ।

यससँगै काठमाडौंले चार खेलमा दुई हार र दुई जित हात पारेको छ । यसअघि काठमाडौंले विराटनगर किङस र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो भने जनकपुर बोल्ट्स जितेको थियो ।

यो लुम्बिनीको तेस्रो खेलमा दोस्रो हार हो । यसअघि लुम्बिनीले कर्णाली याक्ससँग खेल हारेको थियो भने चितवन राइनोजसँग जितेको थियो ।

आजको खेलमा लुम्बिनीको ब्याटिङ नचल्दा नतिजा काठमाडौंको पक्षमा आएको हो । 

काठमाडौंका मिलिन्दा कुमारले लुम्बिनीका ओपनरद्वय सन्दीप जोरा र डीआर्सी सर्टको विकेट लिए ।

कप्तान रोहित भने गेरहार्ड इरास्मसको एलबीडब्ल्यू धरापमा परे । गेरहार्डले जम्मा २ विकेट लिए ।

गुलबदिन नैबलाई शहब आलमले आउट गराए । उनले एक मात्रै विकेट लिए । शहबले ३ ओभर बलिङ गर्दा १ विकेट लिएर ३१ रन खर्चिए । उनी काठमाडौंका खर्चिला बलर बने ।

एक ओभर बलिङ गरेका सन्तोष यादवले ३ रन दिएर १ विकेट लिए । काठमाडौंका किफयाती बलर उनै हुन् ।

कप्तान करण केसीले ४ ओभर बलिङ गर्दा एक विकेट लिए ।

रशिद खानले ३ ओभर १ बल बलिङ गर्दा एक विकेट लिए ।

७ विकेट झरेपछि क्रिजमा गएका शेर मल्ले ब्याटिङ उकास्ने प्रयास गरे । उनले ११ बलमा ३४ रन एक चौका र ४ छक्का प्रहार गरे । उनी नै लुम्बिनीका सर्वाधिक रनकर्ता हुन् । 

लुम्बिनीबाट दोस्रो सर्वाधिक २५ रन दिलीप नाथले जोडे । उनले ३३ सामना गरेका गर्दा १ चौका र १ छक्का प्रहार गरे । 

ओपर डीुआर्सी सर्टले २२ रन जोडे । उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान रोहित पौडेल र गुलबदिन नैबले समान ११–११ रन जोडे । 

लुम्बिनीका अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : २७ बजे

सातै प्रदेशमा कृषि गणना गरिँदै

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर

हर्मुज जलडमरूमध्यमा अमेरिकी युद्धपोतलाई लक्षित गरी इरानले हान्यो दुई क्षेप्यास्त्र

तेहरान- इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमध्यमा दुई क्षेप्यास्त्र

नेप्से परिसूचक ३४ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३४ दशमलव ६३ अंकले घटेर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

मनिला- फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा