ब्याटिङ नचल्दा काठमाडौंसँग हार्‍यो लुम्बिनी « Khabarhub

ब्याटिङ नचल्दा काठमाडौंसँग हार्‍यो लुम्बिनी


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा ब्याटिङ नचल्दा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग हार बेहोरेको छ । काठमाडौंले लुम्बिनीसँग २२ रनको जितको निकालेको हो ।

टस जितेर काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो ।

यससँगै काठमाडौंले चार खेलमा दुई हार र दुई जित हात पारेको छ । यसअघि काठमाडौंले विराटनगर किङस र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो भने जनकपुर बोल्ट्स जितेको थियो ।

यो लुम्बिनीको तेस्रो खेलमा दोस्रो हार हो । यसअघि लुम्बिनीले कर्णाली याक्ससँग खेल हारेको थियो भने चितवन राइनोजसँग जितेको थियो ।

आजको खेलमा लुम्बिनीको ब्याटिङ नचल्दा नतिजा काठमाडौंको पक्षमा आएको हो । 

काठमाडौंका मिलिन्दा कुमारले लुम्बिनीका ओपनरद्वय सन्दीप जोरा र डीआर्सी सर्टको विकेट लिए ।

कप्तान रोहित भने गेरहार्ड इरास्मसको एलबीडब्ल्यू धरापमा परे । गेरहार्डले जम्मा २ विकेट लिए ।

गुलबदिन नैबलाई शहब आलमले आउट गराए । उनले एक मात्रै विकेट लिए । शहबले ३ ओभर बलिङ गर्दा १ विकेट लिएर ३१ रन खर्चिए । उनी काठमाडौंका खर्चिला बलर बने ।

एक ओभर बलिङ गरेका सन्तोष यादवले ३ रन दिएर १ विकेट लिए । काठमाडौंका किफयाती बलर उनै हुन् ।

कप्तान करण केसीले ४ ओभर बलिङ गर्दा एक विकेट लिए ।

रशिद खानले ३ ओभर १ बल बलिङ गर्दा एक विकेट लिए ।

७ विकेट झरेपछि क्रिजमा गएका शेर मल्ले ब्याटिङ उकास्ने प्रयास गरे । उनले ११ बलमा ३४ रन एक चौका र ४ छक्का प्रहार गरे । उनी नै लुम्बिनीका सर्वाधिक रनकर्ता हुन् । 

लुम्बिनीबाट दोस्रो सर्वाधिक २५ रन दिलीप नाथले जोडे । उनले ३३ सामना गरेका गर्दा १ चौका र १ छक्का प्रहार गरे । 

ओपर डीुआर्सी सर्टले २२ रन जोडे । उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान रोहित पौडेल र गुलबदिन नैबले समान ११–११ रन जोडे । 

लुम्बिनीका अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : २७ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा