एकसय ४० विद्यार्थीलाई विद्यालय पोसाक वितरण   « Khabarhub

एकसय ४० विद्यार्थीलाई विद्यालय पोसाक वितरण  


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दोलखा– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका जिल्लाको वैतेश्वर गाउँपालिका-३ मिर्गेका युवाहरूले व्यक्तिगत रकम संकलन गरेर काल ढुङ्गा माध्यमिक विद्यालयका एक सय ४० जना विद्यार्थीलाई विद्यालय पोसाक (ट्रयाक सुट) वितरण गरिएको छ ।

मजुवा,पातले,ठाडे लगायतका गाउँबाट रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेर काम गर्दै आएका विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका उनीहरूले व्यक्ति-व्यक्तिबीच सहयोग संकलन जुटाएर विद्यालयका ईसीडि देखि कक्षा १२ सम्मका एक ४० जना विद्यार्थीलाई मंगलबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको हातबाट विद्यार्थीलाई विद्यालय पोसाक (ट्रयाक सुट) वितरण गरिएको विद्यालयका प्र.अ- पुष्करकुमार दाहालले जानकारी दिए ।

पोसाक वितरण कार्यक्रममा पालिका प्रमुख छवि लामाले  आफ्नो मेहनत र पसिनाबाट जोहो गरेको रकमले विद्यालय जस्तो पवित्र ठाउँ र कलिला विद्यार्थीलाई सहयोग उपलब्ध गराएर उदाहरणीय कार्य  गरेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

उनले सो विद्यालयका विद्यार्थीहरूलाई विदेशमा रहेका सहयोगी दाइदिदि जस्तै परिश्रमी र उदाहरणीय बन्न आग्रह समेत गरे ।

शिक्षाको विकासका लागि चारैतिरबाट सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा वडा नम्बर-३ मिर्गेका वडा अध्यक्ष कमल अधिकारी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल अधिकारी, विद्यालयका प्रधानाध्यापक पुष्करकुमार दाहाल, सहायक प्रधानाध्यापक सुरेश तामाङ लगायतले सहयोगी पूर्व विद्यार्थीहरुलाई धन्यवाद प्रकट गर्दै विद्यालय र विद्यार्थी नै समाजको मेरुदण्ड भएकाले सहयोगलाई निरन्तरता दिन अनुरोध गरे ।

कालीढुङ्गा माध्यमिक विद्यालयमा आउँदो बिहीबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत हुँदै छ। सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ३२ बजे

‘प्रधानमन्त्रीले सुकुम्वासीमाथि अत्याचार गरे, राज्य आतंक मच्चाए’

भूमिअधिकारकर्मी जगत देउजा पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासीहरूमाथि

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको

बल्खु खोलामा ‘गरिब’ इन्द्रबहादुरको ‘गल्ती’

काठमाडौं– गत ९ वैशाखमा राजीनामा दिनुअघि गृहमन्त्री सुधन गुरुङले सामाजिक