महाकाली नदीमा डुबेर एक युवक बेपत्ता « Khabarhub

महाकाली नदीमा डुबेर एक युवक बेपत्ता


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईं नदीमा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन्।

बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको भए पनि हालसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

‘दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल छन्,’ प्रवक्ता बोहराले भने, ‘बेपत्ताको खोजीकार्यमा जुटिरहेको भए पनि अवस्था अझै अज्ञात छ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ८ : ४७ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले