दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल « Khabarhub

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू दर्ता हुँदैमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सुनिश्चित भयो भन्न नमिल्ने बताएका छन्।

मंगलबार राति सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणीका क्रम उनलेे यस्तो तर्क गरेका हुन्।

एमालेले लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा अघि बढाउने नीतिअनुसार निर्वाचन आयोगमा नियमित रूपमा दल दर्ता गर्दै आएको उनलेे बताएका छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि गरिएको दल दर्ता पनि गत असोजमा सम्पन्न एमाले केन्द्रीय कमिटीको १०औँ बैठकको निर्णयअनुसार भएको उनले बताएका छन्।

उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र प्रतिनिधि सभा विघटन दुवैलाई असंवैधानिक ठहर गर्दै त्यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा हुनु आवश्यक रहेको पनि तर्क गरेका छन्। त्यसकै लागि एमालेले सर्वोच्चमा रिट लगेको पनि उनलेे बताएका छन्।

महासचिव पोखरेलले फागुन २१ को निर्वाचन हुने अवस्था अझै नबनेको बताएका छन् । निर्वाचन आयोगमा गरिएको दल दर्ता प्रक्रियालाई आधार बनाएर फागुन २१ को निर्वाचन सुनिश्चित भएको दाबी गर्नुलाई उनले भ्रम फैलाउने काम भनेर टिप्पणी गरे ।

पोखरेलले भने, ‘अहिलेको सरकार न त निर्वाचनतर्फ अग्रसर देखिएको छ, न त आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत छ।’

बरु सरकारका कदमहरूले राजनीतिक दलहरूको गतिविधि रोक्ने, नवयुवाहरूलाई निरुत्साहित गर्ने र समाजमा अराजकता तथा भय सिर्जना गर्ने प्रभाव देखिएको उनले आरोप लगाए।

उनले गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा भएका विध्वंसात्मक घटनाले देशको संवैधानिक संरचना नै क्षतिग्रस्त भएको टिप्पणी गरे । पोखरेलले प्रतिनिधि सभाको पुनर्स्थापना अब अपरिहार्य भएको टिप्पणी पनि गरे।

भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा फर्किएपछि नवयुवा (जेन-जी) को आक्रोशको सम्बोधन गर्ने र लोकतान्त्रिक प्रक्रियालाई सही मार्गमा फर्काउने मार्ग खुल्ने पनि बताए।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ११ : १२ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली