राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना « Khabarhub

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘क्रिसमस डे’ का अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ– ‘इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ ।

राष्ट्रतिले प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवद्र्धन गर्न यस दिनले प्रेरणा प्रदान गर्ने अपेक्षा गरेका छन् ।

‘यस्ता पर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु’, उनले भनेका छन् ।

इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने राष्ट्रपतिले कामना गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १० : ४२ बजे

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः