सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने हालसम्मकै उच्च कायम हुँदै सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य ९ सयले वृद्धि भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि उच्च विन्दुबाट झरेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने चाँदीको भाउ ४ हजार ४२० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।  

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ११ : २४ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ