जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द « Khabarhub

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र कानुनी जटिलतालाई समाधान गरेर चुनावमा जानुपर्नेमा जोड दिएको छ । 

नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने स्पष्ट पारे ।

उनले समाजवादी सङ्घीयताअनुरुप राज्यको ढाँचा बन्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय संरचना र राज्यका सबै अङ्गमा जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको जानकारी दिए । अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनतासहित सबै शक्तिलाई चित्तबुझ्ने गरी निकासको पहल गर्ने विश्वास दिलाउँदै उनले भने, ‘त्यो अवस्था होइन भने राजनीतिक शक्तिको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ ।’

जेन-जी विद्रोह पछि पनि जनताले उठाउँदै आएका विषय सम्बोधन हुन नसक्नु बिडम्बना भएको उल्लेख गर्दै महासचिव चन्दले निर्वाचन मात्रै नभइ भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धनका क्षेत्रमा पनि काम गर्न सरकारलाई सुझाव दिए।

‘भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचन कार्यकारीको व्यवस्था गर्नुपर्ने जेन-जी आन्दोलनको ‘म्याण्डेट’ हो’, उनले भने, तर पछिल्लो अन्तरिम सरकार बनेपछि चुनावलाई मात्रै जोड दिएर काम भइरहेको छ ।
 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : ४६ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा