कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ « Khabarhub

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचन नयाँ शक्तिहरूको प्रस्थान बिन्दु हुनुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार उज्यालो घर, केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरूको प्रस्थान बिन्दु हुनुपर्ने बताएका हुन् ।

नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि बढ्नुपर्ने भन्दै उनले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ सुझावहरू आएको जानकारी दिए । घिसिङले नयाँ शक्तिहरूको टीम बनाएर नै निर्वाचनमा होमिने संकेत समेत गरे ।

सम्पूर्ण नयाँ शक्ति, नेपाल व्यक्तित्व, समूह, पार्टीहरू एक भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए  ।

उनले निर्वाचनबाट देशको परिवर्तन गर्ने र देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन उज्यालो पार्टीले नेतृत्व लिने बताए । 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ५ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै