प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा « Khabarhub

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई तथानाम गालीसहितको अडियोका कारण प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलाई दबाब बढेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाण्डेको उक्त अश्लील गालीसहितको अडियो प्रकरण ढिसमिस भएको बताए पनि चौतारीकै नेतृहरूले मोर्चा कसेका हुन् ।

अडियो प्रकरणका कारण विवादमा परेका एमालेनिकट प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेलाई पदमुक्त गर्न माग गर्दै २३ जना नेतृहरूले उनै ओलीसमक्ष लिखित निवेदन दिएका छन् ।

केन्द्रीय कमिटीका २३ नेतृहरूले हस्ताक्षरसहित ओलीलाई बुझाएको निवेदनमा तत्काल बैठक बोलाउन पनि माग गरिएको छ। महासचिव हीरामान लामासमक्ष दिइएको निवेदनमा उनीहरूले तत्काल केन्द्रीय बैठक बोलाउनसमेत माग गरेका छन् ।

ओलीलाई बुझाइएको निवेदनमा उपाध्यक्ष तथा केन्द्रीय महिला विभाग प्रमुख कृपा भण्डारी, बागमती इन्चार्ज प्रतिमा सिलवाल, महिला विभाग उपप्रमुख रेनु पराजुलीलगायत २३ केन्द्रीय सदस्यको हस्ताक्षर छ ।

निवेदनमा पाण्डेले सामाजिक सञ्जालमा कहिले अडियो एआईबाट बनेको, कहिले आफूले बोलेको भन्दै फरक–फरक भनाइसहित स्वीकारोक्ति गरेको उल्लेख छ ।

पाण्डेको उक्त हर्कतले संगठनको गरिमामा गम्भीर आँच पुगेको उनीहरूले जनाएका छन्। सामाजिक सञ्जालमा पटकपटक व्यक्त विचार र पुस ४ मा लेखिएको स्टाटसले अध्यक्ष ओली सहित अन्य नेता मुछेर संगठनलाई बदनाम गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।

‘लज्जास्पद अभिव्यक्तिबारे उठेका आवाजलाई सम्बोधन गरी आत्मालोचना गर्नुको सट्टा संगठनका महिला सदस्यलाई व्यक्तिगत सम्पर्क गरी जिम्मेवारीबाट मुक्त गर्छु भन्ने जस्ता व्यवहार अध्यक्षबाट देखिनु थप चिन्ताजनक छ’, उनीहरूले भनेका छन् ।

निवेदन परेकोबारेमा सम्पर्क गर्दा महासचिव लामाले भने केही बोल्न चाहेनन् । उनले अहिले आफू व्यस्त भएकाले पछि कुरा गर्ने भनेर यस विषयमा बोल्नबाट पन्छिए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ४७ बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन