निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया « Khabarhub

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै पनि दबाब, प्रभाव वा पूर्वाग्रहबिनै स्वतन्त्र र निष्पक्ष रूपमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।

सेन्टर फर पोलिसी रिसर्चले आज यहाँ आयोजना गरेको ‘निर्वाचनमा चौथो अङ्गः अनुसन्धानात्मक पत्रकारिता’ विषयक विमर्श तथा अन्तरक्रियामा उनले पत्रकारले स्वतन्त्र रूपमा कलम चलाए निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय हुने बताए ।

पूर्वआयुक्त थपलियाले निर्वाचन गराउने निकायबारे समाचार सम्प्रेषण गर्दा स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन संविधानबमोजिम हुनुपर्नेमा जोड दिए । सञ्चारमाध्यमले निर्वाचन प्रक्रियामा हुने कमजोरी, अनियमितता तथा सम्भावित जोखिमबारे तथ्यमा आधारित अनुसन्धानात्मक सामग्री प्रकाशन गर्न सके लोकतन्त्र थप मजबुत हुने धारणा राखे ।

नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले निर्वाचनका समयमा पत्रकारले भोग्नुपर्ने व्यावसायिक चुनौती, समस्या तथा आचारसंहिताका विषयमा चर्चा गरेका थिए । उनले निर्वाचनमा पत्रकारले समाचार सङ्कलन तथा प्रकाशन गर्दा आचारसंहिता, कानुनी सीमा र सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सेन्टर फर पोलिसी रिसर्चका अध्यक्ष सीताराम भट्टराईले अन्तरक्रियाले निर्वाचन प्रक्रियामा पत्रकारिताको चौथो अङ्गको भूमिकालाई थप स्पष्ट पार्नुका साथै पत्रकारहरूलाई जिम्मेवार, तथ्यपरक र अनुसन्धानमुखी पत्रकारिता गर्न प्रेरित गरेको बताए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ९ : ५३ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।