इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल « Khabarhub

इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले इङ्लिस प्रिमियरसिप जित्ने सम्भावना अझ बलियो बनाएको छ। कोडी गाक्पोको दुई गोलमा लिभरपुलले शनिबार राति भएको खेलमा इप्वसविचलाई ४-१ ले हराएको हो।

खेलको ११ औँ मिनेटमा इब्राहिमा कोनाटेको पासमा डोमिनिक जोबोस्लाईले लिभरपुललाई अग्रता दिलाएका थिए।

पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा मोहम्मद सलाहले अर्को गोल गरे।

पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औँ मिनेटमा गाक्पोले पाएको सहज अवसरलाई उपयोग गरे। दोस्रो हाफको ६५ औं मिनेटमा उनले नै अर्को गोल गरे।

खेलको अन्तिम अर्थात् ९० औं मिनेटमा इप्सविचका लागि ज्याकोब ग्रेभेसले सान्तवना गोल गरे।

जितसहित लिभरपुलले ५३ अङ्क छोडेको छ। तालिकाको दोस्रो स्थानको आर्सनल भन्दा लिभरपुल ६ अंकले अगाडि छ। लिभरपुलसँग् पराजित इप्सविच तालिकाको पुछारबाट तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ४५ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको