इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल « Khabarhub

इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले इङ्लिस प्रिमियरसिप जित्ने सम्भावना अझ बलियो बनाएको छ। कोडी गाक्पोको दुई गोलमा लिभरपुलले शनिबार राति भएको खेलमा इप्वसविचलाई ४-१ ले हराएको हो।

खेलको ११ औँ मिनेटमा इब्राहिमा कोनाटेको पासमा डोमिनिक जोबोस्लाईले लिभरपुललाई अग्रता दिलाएका थिए।

पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा मोहम्मद सलाहले अर्को गोल गरे।

पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औँ मिनेटमा गाक्पोले पाएको सहज अवसरलाई उपयोग गरे। दोस्रो हाफको ६५ औं मिनेटमा उनले नै अर्को गोल गरे।

खेलको अन्तिम अर्थात् ९० औं मिनेटमा इप्सविचका लागि ज्याकोब ग्रेभेसले सान्तवना गोल गरे।

जितसहित लिभरपुलले ५३ अङ्क छोडेको छ। तालिकाको दोस्रो स्थानको आर्सनल भन्दा लिभरपुल ६ अंकले अगाडि छ। लिभरपुलसँग् पराजित इप्सविच तालिकाको पुछारबाट तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ४५ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६