कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा खेल्ने भूमिकाबारे रणनीति तय गर्ने « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा खेल्ने भूमिकाबारे रणनीति तय गर्ने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

यही माघ १८ गतेदेखि हिउँदे अधिवेशन सुरु हुने भएका संसदमा खेल्नुपर्ने भूमिकाबारे आवश्यक रणनीति तय गर्न बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 

बैठकमा सरकारले ल्याएका अध्यादेश, संसदमा दर्ता भएका विधेयकलगायत विषयमा सांसदहरूको एकै धारणा बनाउने र संसदमा एकढिक्का भएर प्रस्तुत हुने बारेमा छलफल हुनेछ ।

यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद तथा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिएका थिए।

बैठकले अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : २२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६