रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान « Khabarhub

रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक माघ १६ गते बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्ने बताइएको छ ।

बैठकमा यही माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशन, समसामयिक राजनीति र रास्वपाले उठाउनु पर्ने मुद्दाहरूका विषयमा छलफल हुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।  

बर्खे अधिवेशनपछि हिउँदे अधिवेशन सुरु हुन लाग्दा पहिलोपटक दलको बैठक बस्न लागेको हो । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने अहिले निलम्बनमा छन् ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा चलिरहेका बेला लामिछानेको पद निलम्बनमा परेको हो । पद निलम्बनमा परेपछि अहिलेसम्म रास्वपाले संसदीय दलको नेता चुन्न सकेको छैन । बुधबार बस्ने संसदीय दलको बैठकमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सम्हाल्ने छन्। श्रेष्ठ २०७४ मा पनि बागमती प्रदेशसभा सदस्य थिए। अहिले काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

रास्वपा संसदीय दलको विधानको दफा १३ को उपदफा १ बमोजिम संसदीय दलका उपनेता विराजभक्त्त श्रेष्ठको समन्वयमा दलको बैठक बोलाइएको प्रमुख सचेतक परियारले जानकारी दिए । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ९ : ५३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,