रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान « Khabarhub

रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक माघ १६ गते बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्ने बताइएको छ ।

बैठकमा यही माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशन, समसामयिक राजनीति र रास्वपाले उठाउनु पर्ने मुद्दाहरूका विषयमा छलफल हुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।  

बर्खे अधिवेशनपछि हिउँदे अधिवेशन सुरु हुन लाग्दा पहिलोपटक दलको बैठक बस्न लागेको हो । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने अहिले निलम्बनमा छन् ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा चलिरहेका बेला लामिछानेको पद निलम्बनमा परेको हो । पद निलम्बनमा परेपछि अहिलेसम्म रास्वपाले संसदीय दलको नेता चुन्न सकेको छैन । बुधबार बस्ने संसदीय दलको बैठकमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सम्हाल्ने छन्। श्रेष्ठ २०७४ मा पनि बागमती प्रदेशसभा सदस्य थिए। अहिले काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

रास्वपा संसदीय दलको विधानको दफा १३ को उपदफा १ बमोजिम संसदीय दलका उपनेता विराजभक्त्त श्रेष्ठको समन्वयमा दलको बैठक बोलाइएको प्रमुख सचेतक परियारले जानकारी दिए । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ९ : ५३ बजे

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण