अछाममा गोठालो गएका दुई किशोरी मृत फेला « Khabarhub

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला परेका छन्।

शुक्रबारदेखि हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्।

ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो । अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको बताए । 

‘अन्दाजी १४–१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ।’

शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट टोली गएको उनको भनाइ छ ।

भण्डारीका अनुसार उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जङ्गल गएका थिए। बेलुका बाख्रापाठा घर फर्किए तर किशोरी फर्किएनन्।

शनिबार आफन्त तथा गाउँलेले खोजीका क्रममा शव फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ३६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का