टिपरको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट एक जनाको मृत्यु


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

बेनीबाट सिङ्गा तातोपानीतर्फ जाँदै गरेको ग१क ५७३५ नम्बरको टिपरले शनिबार साँझ सिङ्गा तातोपानीबाट बेनी आउँदै गरेको ध७प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मोटरसाइकलका चालक मङ्गला गाउँपालिका–३ बरङजाका ४६ वर्षीय थमबहादुर रोकाको मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको र पछाडि बसेका बेनी नगरपालिका–७ मङ्गलाघाटका ४५ वर्षीय प्रेम शाहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक सागर पौडेलले बताए ।

गम्भीर घाइते भएका रोका र शाहीलाई प्रादेशिक अस्पताल बेनीमा सामान्य उपचार पश्चात थप उपचारका लागि शनिबार रातिनै पोखरा पु¥याइएको थियो ।

टिपरका चालक बेनी नगरपालिका–५ पुलाचौरका ३८ वर्षीय खिमे दर्जी जिल्ला प्रहरी कार्यालय म्याग्दीको नियन्त्रणमा रहेको र उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १२ : १४ बजे

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती