जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’ « Khabarhub

जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ । 

व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो । 

माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख डा अच्युत आचार्यले जानकारी दिए । 

किसानले बालीनाली र पशुचौपायामा समस्या देखिए तत्काल फोन गरेर प्राविधिक सेवा लिन सकिने उनको भनाइ छ । किसानले पशु तथा कृषिसम्बन्धी जानकारी लिनुपरे पैसा नलाग्ने नम्बर १८१०–५०००–११६ मा फोन गर्न सक्नेछन् ।

आचार्यले भने, ‘जैमिनी भौगोलिक हिसाबले ठूलो छ, बाली तथा पशु चौपायामा केही समस्या आए तत्काल ‘फिल्ड’मा पुग्न नसकिने अवस्थामा किसानले हामीलाई फोन गर्नु हुनेछ, नगरपालिकाबाट प्राविधिकले समस्या बुझेर तत्काल समाधानको उपाय बताउनेछन्, अहिले हामीले बिहान १० देखि साँझ ५ बजेसम्म सेवा सुरु गरेका छौँ, अब छिट्टै २४सै घण्टा सेवा दिने गरी तयारी गरिरहेका छौँ ।’

किसानले प्राविधिक सेवा नपाउँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको हुँदा नगरपालिकाले ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको नगर उपप्रमुख हरिहर शर्माले बताए ।

किसानको समस्या समाधान गर्न एकै स्थानबाट पालिकाभरिका कृषकलाई टेलिफोनका माध्यमबाट प्राविधिक ज्ञान, सल्लाह सुझाव प्रदान गर्ने उनको भनाइ छ ।

किसान ‘कल सेन्टर’ स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय नै धाउन नपर्ने शर्मा बताउँछन् ।

किसान कल सेवा स्थापना भएपछि विषय विज्ञहरूबाट कृषि तथा पशुसम्बन्धी सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखा परेका समस्या तथा क्षति समाधानका उपाय, सूचना एकै ठाउँबाट उपलब्ध हुने उपप्रमुख शर्माले जानकारी दिए । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १ : ४० बजे

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण