दाइको हत्या आरोपमा भाइ पक्राउ | Khabarhub Khabarhub

दाइको हत्या आरोपमा भाइ पक्राउ


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गए राति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए  ।

प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गए राति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइएको थियो । 

कैँची प्रहारबाट घाइते भएका दाइ लालबहादुरको उपचारका क्रममा बिहान २ः५० मा मृत्यु भएको उनले बताए  ।

मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । हत्याको आरोपमा भाइ प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  २ : ५६ बजे

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

कञ्चनपुर – जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर