बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज | Khabarhub Khabarhub

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

देउखुरी– यतिबेला  घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रूपमा घाँसखेती गर्न थालेका छन् । 

‍घोराही उपमहानगरपालिका–६ की  सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेकी छन् । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको उनले बताइन्  ।

गाई र बाख्रालाई बर्सिम घाँस खुवाएर पाल्न सजिलोे भएको उनी बताउँछिन्। ‘हिउँद याममा आफ्नो १५ कट्ठा खेतमा तोरी, मसुरो र गहुँको साटोमा बर्सिम घाँस लगाउने गरेको छु’, उनले भनिन् ‘पूरै खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो, हरियो हुँदा काटेर गाई बाख्रालाई खुवाउन पनि पाइएको छ ।’

सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस भएको उनले बताइन् । उनले भनिन्, ‘गाई बाख्राका लागि घाँस खोज्न भतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ ।’

घोराही–६ बचाहाका बालकृष्ण खनालले १७ कट्ठा खेतमा यो घाँस लगाएका छन् ।  उनले व्यावसायिक रूपमा बाख्रा पालेका छन् । उनीसँग ७० बाख्रा छन् । उनले हिउँदमा बर्सिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काटेर खुवाउनाले बाख्रापालन सजिलो भएको बताए  । 

बर्सिम घाँसखेती गर्दा मल पनि छर्न नपर्ने र धानमा हालेको मलले घाँसलाई पनि काम गर्ने भएकाले खेती गर्न सजिलो भएको उनले बताए । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झटिलो नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाईभैँसी, भेडा र बाख्रा सबैलाई यो घाँसले फाइदा पुर्‍याउँछ । 

घोराही–१७ कर्जाहीका विकास चौधरीले दुई भैँसी र आठ बाख्रा पालेका छन्  । उनले भने, ‘बाह्र कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ ।’  घरमै बीउ उत्पादन गरेर वर्षेनी घाँसखेती गर्ने गरेको उनले बताए । 

‘एकपटक काटेर सकियो, यहाँका धेरैजसो पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको छ, वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्, हरियो र सुकेको बर्सिम घाँस गाईबस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ’, उनले भने ।

घोराही–६ का कृषकहरूले १२ देखि साढे दुई बिघामा घाँसखेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । घोराही–६ को गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को गैरागाउँका किसानले बर्सिम घाँसखेती गरेका छन् । 

अहिले पूरै खेतभरि हरियो बर्सिमखेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका एक सय ६० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउँछन्  । 

उनका अनुसार जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटक पटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । धानखेतीपछि बर्सिम घाँसखेती गर्ने गरिन्छ । यसलाई (ग्रिनगोल्ड) का नामले पनि चिनिन्छ । 

पछिल्लो समय दाङका सबै जसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताए  ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : ०९ बजे

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

काठमाडौ‌– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि

अल्लोको कपडाबाट आकर्षक सामग्री उत्पादन

ताप्लेजुङ– ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला

मर्चवार क्षेत्रको ‘सबस्टेसन’ निर्माण तीव्र

लुम्बिनी– रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सबस्टेसन’ को काम

अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ, अनुसन्धान जारी 

धनगढी– अछामको ढकारीमा मृत भेटिएकी दुई किशोरीको हत्या भएको आशङ्का

वर्षमानलाई लिएर प्रचण्ड तेह्रथुमतिर, ओलीको जन्मथलोमा दुई दिन बस्ने  

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सैनिक हेलिकोप्टरमा