नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि « Khabarhub

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेको छ । तर, आइतबार नेप्सेमा ९ अर्ब १२ करोड ८६ लाख माथिको शेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा आएको गिरावटसँगै नेप्से परिसूचक २६४४३.९३ अंकमा पुगेको छ । साथै कारोबारमा आएको गिरावटका कारण नेप्सेको पुँजीकरण समेत ०.३९ अंकले घटेको छ ।

आइतबार नेप्सेमा १ करोड ५७ लाख २० हजार ३६७ कित्ताको शेयर कारोबार हुँदा ११६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १२१ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै आजको शेयर कारोबारमा ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आइतबारको शेयर कारोबारमा विकास बैंक, जलविद्युत, लघुवित्त, म्युचुअल फन्ड र अन्य सूचक बढेको छ भने बैंकिङ, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक घटेको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : ३४ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)