रबि लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने सक्ने « Khabarhub

रबि लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने सक्ने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा छुनछेक बहस सकिएको छ ।

बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दामा सुरू भएको थुनछेक बहस आइतबार दिउँसो सकिएको हो । यस मुद्दामा अब केही बेरमा आदेश आउन सक्ने सम्भावना छ।

लामिछानेको तर्फबाट केही वकिलको बहस बाँकी रहँदा आइतबार पनि उनलाई अदालतमा उपस्थित गराएर बहस सुरू गरिएको थियो ।

लामिछानेको तर्फवाट वरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, सुशील पन्त र नारायण कँडेललेलगायतले बहस गरेका छन । सरकारी वकिलले जवाफी बहस गरेपछि आदेश आउने सम्भावना छ ।

लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए । त्यस दिनपछि लामिछाने हाजिरी जमानीमा रिहा भइरहेका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाड्दै आएको छ ।

सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना भएको छ । यस प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेविरुद्ध पुरक उजुरी परेको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेट्वर्क प्रालिमा गएको निष्कर्ष निकालेको छ । उक्त सहकारीबाट २ करोड रुपैयाँ रविको नाममा ऋण गएको भेटिएपछि उनी अनुसन्धानमा तानिएका हुन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ४ : ०६ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,