गगन थापा भन्छन्- अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु  | Khabarhub Khabarhub

गगन थापा भन्छन्- अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु 


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका थापाले महामन्त्री गगन कुमार थापाले संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका छन्  ।  

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले संविधानका केही विषयहरूलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भए पनि आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका हुन् ।

उनले अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को दश वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच वर्षमा हुने निर्वाचनमा दलहरू जित्ने हार्ने स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनले बताए ।

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभए पनि नेतृत्व बदल्ने कुरा महत्त्वपूर्ण भएको उल्लेख गरे । उनले आफूहरूले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसँग देश चलाउन सक्ने बताए ।  

थापाले कांग्रेसले ८४ को चुनावलाई पर्खेर बस्ने नभई अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको समुन्नतिका लागि काम गर्नुपर्ने बताए  । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ०० बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार