गलत नियत राखेर कसैले पनि सूचना माग्न हुँदैन : प्रमुख आयुक्त आचार्य « Khabarhub

गलत नियत राखेर कसैले पनि सूचना माग्न हुँदैन : प्रमुख आयुक्त आचार्य


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले गलत नियत राखेर कसैले पनि सूचना माग्न नहुने र सूचना दिनेले पनि सूचना अपडेट भएर बस्नुपर्ने बताएका छन्  । 

आइतबार विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको प्रदेशस्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रियामा सम्बोधन गर्दै प्रमुख आयुक्त आचार्यले स्वच्छ र पारदर्शी रूपमा काम गर्नेहरूले डराउनु नपर्ने समेत बताए ।

उनले आयोगले अब अनावश्यक सूचना माग्नेसँग पनि छलफल गर्ने र उनीहरूलाई सतर्क गराउने तर्फ लाग्ने जानकारी दिए  । आचार्यले सुचना अधिकारीले आफ्नो दायित्व पुरा नगरे कारबाहीको भागी हुने उल्लेख गरे ।  

सो अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्यधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको गुनासो गरे  ।

उनले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने भन्दै संविधानले सूचनाको हक ग्यारेन्टी गरे पनि त्यसलाई सही ढंगले परिचालन गर्न तर्फ लाग्नुपर्ने जिकिर गरे  ।  

मुख्यमन्त्री कार्कीले सूचनाको हकले पारदर्शिता र जबाफदेहिता बढ्ने भएकाले यसतर्फ ध्यान दिँदै निश्चित व्यक्तिले मात्र नभई आम समुदायले यसलाई राम्ररी प्रयोग गरेर अघि बढ्नुपर्ने बताए  । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ११ बजे

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव- गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन, वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने

कपिलवस्तु– मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोडको लागतमा ‘भारद्वाज तेल