२ लाख ७५ हजार भाइल एचपीभी खोप विराटनगर आइपुग्यो « Khabarhub

२ लाख ७५ हजार भाइल एचपीभी खोप विराटनगर आइपुग्यो


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आउँदो माघ २२ गते देखि सुरु हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीलाई लगाइने ’एचपीभी’ खोप अभियानका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खोप पठाउन सुरु गरिएको छ । 

केही दिन अघि विराटनगर स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आइपुगेको २ लाख ७५ हजार १ सय ८० भाइल खोप मध्ये ५८ हजार ८ सय ५० भाइल ७ वटा जिल्लामा पठाइएको छ । 

झापा, मोरङ, सुनसरी, उदयपुर, सोलु, ओखलढुंगा र संखुवासभामा एक साता भित्र खोप पठाइने र करिब ६ हजार ६ सय भाइल बफर स्टकमा राखिने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए । 

आगामी माघ २२ गते देखि फागुन ६ गते सम्म एचपीभी खोप अभियान संचालन गरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई निःशुल्क खोप दिने उनले बताए  ।  

एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने क्यान्सर रोग ७० प्रतिशत घटाउन सकिने विश्वास रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीहरूलाई विद्यालयमै खोप अभियान सञ्चालन गर्ने बताइएको छ । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ३७ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण