सभामुखलाई विपक्षी दलको सुझाव- विधेयक फिर्ता नगरी अध्यादेश ल्याएकोबारे सरकारसँग कुरा गर्नुस् « Khabarhub

सभामुखलाई विपक्षी दलको सुझाव- विधेयक फिर्ता नगरी अध्यादेश ल्याएकोबारे सरकारसँग कुरा गर्नुस्


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा रहेका विपक्षी दलहरूले संसदमा पुगेका विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका छन् । 

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले संसद्को अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका हुन् ।

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई रेस्पोन्स नगरेको र संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएकोबारे सभामुखसंग छलफल भएको बताए  । 

विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोबारे सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने सुझाव दिएको उनले बताए । बैठकमा सभामुख घिमिरेले विचाराधीन विधेयकका बारेमा पनि जिज्ञासा राखेका थिए  । पाण्डेले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरू अघि बढ्न नसकेको बताए ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सदनको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

उनले आगामी अधिवेशनलाई कानून निर्माणमा केन्द्रित गर्न सभामुखले गरेको पहल स्वागतयोग्य रहेको बताए । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ४४ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान