जनताले मत दिएर गोरु जस्तै जोतिएर देशको सेवा गर्ने इच्छा छ : विप्लव « Khabarhub

जनताले मत दिएर गोरु जस्तै जोतिएर देशको सेवा गर्ने इच्छा छ : विप्लव


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गोरूजस्तै जोतिएर देश र जनताको सेवा गर्ने इच्छा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित जनपत्रकार संगठनको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यसका लागि २०८४ मा जनताले नेकपाको पक्षमा मत दिनु आवश्यक रहेको बताए । जनताले मत दिएमा काम गर्न सिंहदरबार नै नचाहिने उनले बताए ।

‘०८४ अग्रगमनको पक्षमा व्यक्त हुन्छ, समाजवादको पक्षमा व्यक्त हुन्छ, स्वाधीनताको पक्षमा व्यक्त हुन्छ । नेपाली जनताले अहिलेसम्म प्राप्त नगरेको स्वतन्त्रता र मुक्तिको चाहना छ’, उनले भने, ‘त्यो प्राप्त गर्नेतिर मत व्यक्त हुन्छ भन्ने विश्वास छ । त्यसो भए हामीलाई सिंहदरबार पनि चाहिँदैन । बालुवाटारको करोडौं करोडको खाटमा सुतेर होइन, जनताको झुपडीमा गोरूजस्तो जोतिएर देशको सेवा गर्ने चाहना नेकपासँग छ ।’

नेकपाले आगामी संसदीय निर्वाचनमा भाग लिने निर्णय गरिसकेको सन्दर्भमा विप्लवको यो भनाइ आएको हो । नेकपाले सबैको मित्र बनेर काम गर्ने उनले बताए । नेकपाले देश बेचुवा दलाल र जनता लुटेर खाने माफियाबाहेक सबैसँग सहकार्य गर्ने महासचिव विप्लवले बताए ।

‘नेकपा सबैको मित्र, देश बेचेर खाने दलाल, लिच्चडबाहेक, जनताको सम्पत्ति उडाउने माफियाबाहेक सबैसँग सहकार्य गरेर यो देशलाई अगाडि बढाउन चाहन्छ,’ उनले भने ।

नेपाल गरिब भयो, सकियो भन्ने मात्रै नभएर नयाँ चरणमा प्रवेश गर्दैछ भन्ने सन्देश दिनेगरी काम गर्ने उनले बताए । महासचिव विप्लवले नेपालले काँचुली फेर्ने समय आइरहेको बताउँदै त्यो समयको प्रतिपक्षामा काम गरिरहेको बताए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : १२ बजे

भूपदेव शाहले गरे अछाम-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं– रास्वपाबाट प्रतिनिधिसभा अछाम-२ का उम्मेदवार भूपदेव शाहले उम्मेदवारी दर्ता

नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालीन सरकारतर्फ इङ्गित

कांग्रेसले टुंग्यायो १६५ क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन

सहकारी ठगीमा पर्सा अदालतले करोड धरौटी मागेपछि रविको प्रतिक्रिया : यसको हिसाब फागुन २१ गते हुनेछ

काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नवलपरासी-१ बाट उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने- राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासी क्षेत्र नम्बर १ बाट