जनताले मत दिएर गोरु जस्तै जोतिएर देशको सेवा गर्ने इच्छा छ : विप्लव « Khabarhub

जनताले मत दिएर गोरु जस्तै जोतिएर देशको सेवा गर्ने इच्छा छ : विप्लव


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गोरूजस्तै जोतिएर देश र जनताको सेवा गर्ने इच्छा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित जनपत्रकार संगठनको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यसका लागि २०८४ मा जनताले नेकपाको पक्षमा मत दिनु आवश्यक रहेको बताए । जनताले मत दिएमा काम गर्न सिंहदरबार नै नचाहिने उनले बताए ।

‘०८४ अग्रगमनको पक्षमा व्यक्त हुन्छ, समाजवादको पक्षमा व्यक्त हुन्छ, स्वाधीनताको पक्षमा व्यक्त हुन्छ । नेपाली जनताले अहिलेसम्म प्राप्त नगरेको स्वतन्त्रता र मुक्तिको चाहना छ’, उनले भने, ‘त्यो प्राप्त गर्नेतिर मत व्यक्त हुन्छ भन्ने विश्वास छ । त्यसो भए हामीलाई सिंहदरबार पनि चाहिँदैन । बालुवाटारको करोडौं करोडको खाटमा सुतेर होइन, जनताको झुपडीमा गोरूजस्तो जोतिएर देशको सेवा गर्ने चाहना नेकपासँग छ ।’

नेकपाले आगामी संसदीय निर्वाचनमा भाग लिने निर्णय गरिसकेको सन्दर्भमा विप्लवको यो भनाइ आएको हो । नेकपाले सबैको मित्र बनेर काम गर्ने उनले बताए । नेकपाले देश बेचुवा दलाल र जनता लुटेर खाने माफियाबाहेक सबैसँग सहकार्य गर्ने महासचिव विप्लवले बताए ।

‘नेकपा सबैको मित्र, देश बेचेर खाने दलाल, लिच्चडबाहेक, जनताको सम्पत्ति उडाउने माफियाबाहेक सबैसँग सहकार्य गरेर यो देशलाई अगाडि बढाउन चाहन्छ,’ उनले भने ।

नेपाल गरिब भयो, सकियो भन्ने मात्रै नभएर नयाँ चरणमा प्रवेश गर्दैछ भन्ने सन्देश दिनेगरी काम गर्ने उनले बताए । महासचिव विप्लवले नेपालले काँचुली फेर्ने समय आइरहेको बताउँदै त्यो समयको प्रतिपक्षामा काम गरिरहेको बताए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : १२ बजे

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

बनियानी– नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ