अध्यादेशको अप्ठ्यारो बुझ्न कांग्रेसले गर्‍यो कानुनविद्सँग परामर्श « Khabarhub

अध्यादेशको अप्ठ्यारो बुझ्न कांग्रेसले गर्‍यो कानुनविद्सँग परामर्श

संसद् बस्ने भएपछि आन्तरिक रणनीति बनाउँदै


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले अध्यादेशमार्फत् हालै गरिएको केही कानुनको संशोधनबारेमा कानुन व्यवसायीसँग परामर्श गरेको छ ।

आइतबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा तीन अधिवक्ता बोलाएर कांग्रेसले अध्यादेशको अन्तरवस्तुबारे परामर्श गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले अधिवक्ताहरू सेमन्त दाहाल, प्रताप पौडेलसहितका अधिवक्तालाई बैठकमा बोलाएर परामर्श गरिएको जानकारी दिए ।

‘सेमन्त दाहाल, प्रताप पौडेलसहितका वरिष्ठ अधिक्ताहरूले अहिले आएका अध्यादेशको अन्तरवस्तुबारे प्रकाश पार्नु भएको छ’, उनले भने ‘खासगरी अध्यादेश ल्याउनुपर्ने आवश्यकता ? अध्यादेशका बुँदाहरू ? र तिनमा समस्या भए नभएकोबारेमा छलफल भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस अन्तिम साता ५ वटा अध्यादेश जारी गर्ने गरी क्याबिनेटबाट निर्णय गराएका थिए । त्यसपछि ४ अध्यादेश पुस २९ मा जारी भए । बाँकी भूमिसम्बन्धी अध्यादेश त्यसको दुई दिनपछि जारी भएको थियो । त्यस्तै एउटा अध्यादेश त्यसअघि नै आइसकेको थियो ।

तर ती अध्यादेशलाई लिएर कांग्रेसकै नेताहरूसहित प्रतिपक्षी दलहरूले आलोचना गरिरहेका छन् । कांग्रेस संस्थापन पक्षकै नेतासमेत अध्यादेशको विपक्षमा छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा र सरकारमा सहभागी मन्त्रीहरू अध्यादेशबारे मौनता साँधेर बसिरहेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशका कारण धेरै विवाद चलिरहेकोछ । उक्त अध्यादेशबाट कानुन संशोधन गरेर प्रधानमन्त्री ओलीले आफ्नो दलका कार्यकर्तालाई जमिन बाँड्न खोजेको जिकिर प्रतिपक्षीले गरिरहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ३६ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी