‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल बन्ने « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल बन्ने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सबैभन्दा बढी व्यापार गरेर कीर्तिमान कायम गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल ‘पूर्णबहादुरको सारङ्गी २’ बन्ने भएको छ ।

उक्त फिल्म निर्माण गरेको ब्यानर सेभनसिज सिनेमाले आइतबार बत्तीसपुतलीमा एक कार्यक्रममा सफलताको खुसी साटेको छ। त्यहीक्रममा सिक्वेल निर्माणको घोषणा भएको हो ।

कार्यक्रममा सिक्वेलसँगै सेभनसिनले सिनेमाको ब्यानरमा अर्को फिल्म ‘रोल नम्बर १’ पनि निर्माण गर्ने घोषणा गरिएको छ ।

सिक्वलका लागि कलाकार, निर्देशक र अन्य प्राविधिक टोलीबारे भने केही समयपछि जानकारी निर्माण पक्षले जनाएको छ ।

फिल्म ‘रोल नम्बर १’का निर्देशन र कथा जोन योञ्जनको रहने यसअघि नै सार्वजनिक भइसकेको थियो ।

कार्यक्रममा निर्माण पक्षको दाबीअनुसार ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको सुरुवाती ८५ दिनमा घरेलु बजारमा मात्रै ४८ करोडभन्दा बढी व्यापार गरेको छ । त्यस्तै विश्व बजारबाट फिल्मले ७५ करोडको व्यापार गरेको बताइएको छ ।

यस फिल्मले ३८ वटा हलमा ५१ दिन मनाइसकेको छ । यो पनि नेपाली फिल्म इतिहासकै अर्को कीर्तिमान हो ।

कार्यक्रममा फिल्मका कलाकार, प्राविधिक र सञ्चारकर्मीहरूलाई समेत सम्मान गरिएको थियो ।

त्यस कार्यक्रममा फिल्मलाई सफल बनाउन योगदान दिएको भन्दै खबरहब डटकमलाई पनि सम्मान गरिएको छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : ५७ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण