‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल बन्ने « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल बन्ने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सबैभन्दा बढी व्यापार गरेर कीर्तिमान कायम गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सिक्वेल ‘पूर्णबहादुरको सारङ्गी २’ बन्ने भएको छ ।

उक्त फिल्म निर्माण गरेको ब्यानर सेभनसिज सिनेमाले आइतबार बत्तीसपुतलीमा एक कार्यक्रममा सफलताको खुसी साटेको छ। त्यहीक्रममा सिक्वेल निर्माणको घोषणा भएको हो ।

कार्यक्रममा सिक्वेलसँगै सेभनसिनले सिनेमाको ब्यानरमा अर्को फिल्म ‘रोल नम्बर १’ पनि निर्माण गर्ने घोषणा गरिएको छ ।

सिक्वलका लागि कलाकार, निर्देशक र अन्य प्राविधिक टोलीबारे भने केही समयपछि जानकारी निर्माण पक्षले जनाएको छ ।

फिल्म ‘रोल नम्बर १’का निर्देशन र कथा जोन योञ्जनको रहने यसअघि नै सार्वजनिक भइसकेको थियो ।

कार्यक्रममा निर्माण पक्षको दाबीअनुसार ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको सुरुवाती ८५ दिनमा घरेलु बजारमा मात्रै ४८ करोडभन्दा बढी व्यापार गरेको छ । त्यस्तै विश्व बजारबाट फिल्मले ७५ करोडको व्यापार गरेको बताइएको छ ।

यस फिल्मले ३८ वटा हलमा ५१ दिन मनाइसकेको छ । यो पनि नेपाली फिल्म इतिहासकै अर्को कीर्तिमान हो ।

कार्यक्रममा फिल्मका कलाकार, प्राविधिक र सञ्चारकर्मीहरूलाई समेत सम्मान गरिएको थियो ।

त्यस कार्यक्रममा फिल्मलाई सफल बनाउन योगदान दिएको भन्दै खबरहब डटकमलाई पनि सम्मान गरिएको छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : ५७ बजे

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वार्ता चलिरहेकै बेला इरानमा अमेरिकी सेनाको आक्रमण

वाशिङ्टन – अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक