मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत ल्याइने « Khabarhub

मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत ल्याइने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सर्वोच्च अदालतले मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्न स्वीकृति दिएको छ ।

तहव्वुर राणालाई एफबीआईले सन् २००९ मा पक्राउ गरेको थियो । १३ नोभेम्बर २०२४ मा, राणाले तल्लो अदालतको सुपुर्दगीको निर्णय विरुद्ध सर्वोच्च अदालतमा अपील गरेका थिए । त्यसलाई २१ जनवरीमा सर्वोच्च अदालतले खारेज गरेको थियो।

२६ नोभेम्बर २००८ मा, १० लश्कर–ए–तैयबा आतंकवादीहरूले मुम्बईमा आक्रमण भएकाे थियाे । राणा सन् २००८ मा मुम्बईमा भएको भयानक आतंकवादी आक्रमणलाई २६/११ आक्रमणका रूपमा पनि चिनिन्छ।

यसबारे भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता सुधांशु त्रिवेदीले अमेरिकी सर्वोच्च अदालतले दोषी तहव्वुर राणालाई भारत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् ।

उनले भने, ‘अमेरिकी सर्वोच्च अदालतले दोषी तहव्वुर राणालाई भारत फिर्ता गर्ने निर्णय गरेको छ।’ आतंकवादविरुद्धको लडाइँमा मोदी सरकारको दृढ इच्छाशक्तिका कारण यो सम्भव भएको त्रिवेदीले दाबी गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ३७ बजे

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वार्ता चलिरहेकै बेला इरानमा अमेरिकी सेनाको आक्रमण

वाशिङ्टन – अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक