मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत ल्याइने « Khabarhub

मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत ल्याइने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सर्वोच्च अदालतले मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्न स्वीकृति दिएको छ ।

तहव्वुर राणालाई एफबीआईले सन् २००९ मा पक्राउ गरेको थियो । १३ नोभेम्बर २०२४ मा, राणाले तल्लो अदालतको सुपुर्दगीको निर्णय विरुद्ध सर्वोच्च अदालतमा अपील गरेका थिए । त्यसलाई २१ जनवरीमा सर्वोच्च अदालतले खारेज गरेको थियो।

२६ नोभेम्बर २००८ मा, १० लश्कर–ए–तैयबा आतंकवादीहरूले मुम्बईमा आक्रमण भएकाे थियाे । राणा सन् २००८ मा मुम्बईमा भएको भयानक आतंकवादी आक्रमणलाई २६/११ आक्रमणका रूपमा पनि चिनिन्छ।

यसबारे भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता सुधांशु त्रिवेदीले अमेरिकी सर्वोच्च अदालतले दोषी तहव्वुर राणालाई भारत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् ।

उनले भने, ‘अमेरिकी सर्वोच्च अदालतले दोषी तहव्वुर राणालाई भारत फिर्ता गर्ने निर्णय गरेको छ।’ आतंकवादविरुद्धको लडाइँमा मोदी सरकारको दृढ इच्छाशक्तिका कारण यो सम्भव भएको त्रिवेदीले दाबी गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ३७ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले