यस कारण मनाइन्छ महाशिवरात्रि पर्व « Khabarhub

यस कारण मनाइन्छ महाशिवरात्रि पर्व


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आराध्यदेव भगवान् श्रीपशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि हो भन्दा अत्युक्ति हुँदैन । महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन हो ।

भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान् शिवले यो सृष्टिलाई ठूलो संकटबाट बचाएका थिए । यही सम्झनामा महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान् शिवको गला निलो भएको थियो । जसका कारण भगवान् शिवलाई निलकन्ठ पनि भनिन्छ  ।

शास्त्रअनुसार पार्वती र शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । भनिन्छ, यो दिन भगवान् शिवको पूजा आराधना गर्नाले भगवान् शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको व्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरू कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने  एउटा मान्यता रहेको छ ।

त्यसतै, पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन भगवान् शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरूपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आराधना गर्ने विधान रहेको छ ।

शिवरात्रिमा पशुपतिनाथकै दर्शन किन ?

महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ । तर विशेषरुपमा काठमाडौंको पशुपतिनाथमा धेरै दर्शनार्थी देश विदेशबाट आउँछन् ।  

पशुपति नाथकै दर्शन किन गर्ने त ? ‘४ धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ । त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउने उल्लेख गरिन्छ । पशुपतिनाथको दर्शनले पशुत्वभाव नष्ट हुन्छ भन्ने मान्यता छ । पशु भाव हटेर चेतनाको जागृत हुने भएकाले पशुपतिनाथको दर्शन गरिन्छ।

फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान् पशुपतिनाथकै प्रिय दिन, व्रतहरूको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दुले महत्त्वपूर्ण दिनका रूपमा लिन्छन् ।

पूजा गर्ने विधि

भगवानको दर्शन कामना लिएर मात्र गरिन्न । व्रत अपेक्षासाथ गरिएको छ भने साधकले विहान उठेर नुहाउनुपर्छ । सकिन्छ निराहार सकिँदैन फलाहार गरेर षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ । 

पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घिउले, सद्योजात लिंगोद्भव मूर्तिलाई महले र तत्पुरुष मूर्तिलाई शर्कराले स्नान गराइन्छ । मध्यरात शिवधुनी जगाइन्छ ।

 ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभिष्टतम पदार्थको प्राप्ति हुन्छ ।

यसरी भयो प्रारम्भ

पद्मकल्पको प्रारम्भमा ब्रह्मा र विष्णुका बीचमा को भन्दा को ठूलो ? भन्ने विषयमा विवाद भयो । विवाद बढ्दै जाँदा युद्ध हुने क्रममा ब्रह्माले पाशुपत र विष्णुले माहेश्वर अस्त्र लिई युद्ध गर्न लागे । त्यसै समय दुवैका बीचमा भगवान् शंकर अनादि, अनन्त, ज्योतिर्मय स्तम्भको रूपमा प्रकट भए । पुराणमा भनिएको छ– ‘शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः ।’ त्यसपछि ती दुवै अस्त्र शान्त भई त्यही ज्योतिर्लिंगमा लीन भए । यो लिंग निराकार ब्रह्मको प्रतीक हो ।

दुवैले त्यस लिंगको पूजा गरिसकेपछि भने– ‘हे भगवान्, जब हामीले त यसको आदि र अन्तको पत्ता लगाउन सकेनौँ भने पछि मानवहरूले पूजा कसरी गर्नेछन् ? यति भनेपछि कृपानिधान भगवान् शिव द्वादश ज्योतिर्लिंगको रूपमा विभक्त भए । त्यस दिनदेखि आजसम्म ज्योतिर्लिंगको पूजा निरन्तर रूपमा चल्दै आएको छ ।

 हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । भगवान् शिवको लिंगमा शुद्ध जल, गाईको दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ३३ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ