आज २०८१ साल फागुन १४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन १४ गते बुधबारको राशिफल


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १४ गते बुधबार फागुन कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि। महाशिवरात्री पर्व। पशुपतिमा मेला। तदनुसार सन् २०२५ फेब्रुअरी २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। सामाजिक क्षेत्रमा मान र प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : आफ्नै राशिमा उदय वृहस्पति पुगेका छन्। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने समय छ।

मिथुन : अष्टम भावमा चन्द्रमा भएकाले पेट सम्बन्धी समस्या बढ्नसक्छ। धेरै काम गरेर थोरै बोल्नुपर्ने समय आएको छ। परिवारमासमेत विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कर्कट : परिवारसँग घुमघाम हुने योग छ। रमाइलो यात्राले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। बाहिरको खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नेछ। राजनीतिक क्षेत्रमा भने अवसर प्राप्त हुनेछ।

कन्या : परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने अवस्था छ। व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ।

तुला : योजना अनुसार काम नबन्ने जोखिम छ। तपाईंले गरेको राम्रो कामको जस अरुले लिएर तपाईंले आरोपको सामना गर्नुपर्नेछ। गुरुको सुझाव अनुसार काम गरेमा सफलता मिल्नेछ।

वृश्चिक : शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। पिपललाई दाहिनु पारेर गरेको यात्रा सफल बन्नेछ। बन्धुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : राज्यको माथिल्लो निकायबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ।

मकर : दिन राम्रो छ। योजना सहजै सफल बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। आफन्तबाट धोका हुनसक्ने जोखिम छ। धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। धार्मिक र बौद्धिक व्यक्तिसँगको भेटले दिन सहज बन्नेछ।

मीन : सम्पत्ती कमाउने दिन छ। हाकिमसँग नम्र शैलीमा प्रस्तुत हुनुपर्ने समय छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ०९ बजे

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा

लिचीबारी भ्रष्टाचार मुद्दामा रञ्जितालाई राहत, पाँच लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा